अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
reportersnepal.com · Sun Aug 16 14:37:35 GMT 2026

ललितपुर, ललितपुर महानगरपालिका-२७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम, गाँजा २ सय ४० ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ८२ ट्याब्लेट र डाइक्लोमाइन २० ट्याब्लेट सहित सोही महानगरपालिका-२७ सुनाकोटी डेरा गरी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपेश मगर भन्ने दिपेश मास्केलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, बसबरीया गाउँपालिका-१ मानपुर टोल बस्ने ७५ वर्षीय राम प्यारे रायलाई अवैध लागूऔषध गाँजा ७ सय ३९ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)