राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल
gorkhapatraonline.com · Tue Sep 01 10:00:38 GMT 2026

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र, समुदाय, मित्रराष्ट्र, अन्तरराष्ट्रिय साझेदार तथा आमनागरिकको साझा दायित्व भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको जीवन रक्षा, खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई प्रभावकारी, पारदर्शी र मानवीय ढङ्गले अघि बढ्न आपसी सहकार्य र समन्वयमार्फत जुट्न सबैलाई अपिल गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)