उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न संघीय संसद् सचिवालयबाट २० कर्मचारी परिचालन
baahrakhari.com · Tue Sep 01 10:10:18 GMT 2026

काठमाडौं । देशमा हालै घटेको विपद्बाट प्रभावितहरूको उद्धार तथा राहतसम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न संघीय संसद् सचिवालयबाट २० कर्मचारी परिचालन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुरोध भई आएबमोजिम संघीय संसद् सचिवालयबाट कर्मचारी परिचालन गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
उक्त कर्मचारीहरूलाई भदौ १४ गते बिहान ९ बजे प्रधानमन्त्रीको निजी सचिवालयमा पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)