१४ वटा मुद्दाका फरार प्रतिवादी राजु मिजार धुम्बाराहीबाट पक्राउ
clickmandu.com · Tue Jun 09 11:01:55 GMT 2026

काठमाडौं । बैंकिङ कसूर र चेक अनादरका गरी कुल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ स्थायी घर भएका ४७ वर्षीय राजु मिजार रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले मिजारलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)