स्ट्रे किड्सका ली नोले नेपालका बाढीपीडितलाई १० करोड वन सहयोग -
barnanmedia.com · Tue Sep 01 10:01:48 GMT 2026

के-पप ब्वाय ब्यान्ड ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालका बाढीपीडितका लागि १० करोड वन (करिब ७२ हजार अमेरिकी डलर) सहयोग गरेका छन्। उनको व्यवस्थापन कम्पनी जेवाईपी इन्टरटेनमेन्टका अनुसार उनले अगस्ट २८ मा वर्ल्ड भिजनमार्फत उक्त रकम प्रदान गरेका हुन्।
सहयोग रकम बाढी प्रभावित बालबालिका तथा परिवारका लागि खाद्य तथा पोषण, अस्थायी आवास, स्वच्छ पानी र सरसफाइमा प्रयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)