कांग्रेसका तत्कालीन महानगर सहसचिव रास्वपाको जिल्ला सचिवमा निर्वाचित
barnanmedia.com · Tue Jun 09 11:02:39 GMT 2026

नेपाली कांग्रेस विराटनगर महानगर समितिका तत्कालीन सहसचिव दिवस नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला सचिवमा निर्वाचित भएका छन्। लामो समय कांग्रेसको संस्थापन र भ्रातृ संगठनको राजनीतिमा सक्रिय रहेका नेपाल परम्परागत दलको कार्यशैलीप्रति विद्रोह गर्दै वैकल्पिक राजनीतिको धारमा लागेका थिए।
वि.सं. २०५८/५९ सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका नेपाल महेन्द्र मोरङ क्याम्पस एकाइ सचिव, नेविसंघको जिल्ला सहसचिव हुँदै माउ पार्टी कांग्रेसको महानगर सहसचिवको जिम्मेवारीमा पुगेका थिए। कांग्रेसको संस्थागत पदीय रूपमा रहेकै बेला नेतृत्वको कार्यशैली, जनभावना र दलको प्राथमिकताबीच ठूलो खाडल देखिएपछि आफूमा तीव्र वितृष्णा पैदा भएको नेपालले बताए। नेताहरूले मञ्चमा चढेर सधैँ झुट बोल्नुपर्ने परिस्थिति बनेपछि आफूले पदमै छँदा कांग्रेसका गतिविधि र बैठकहरूबाट दूरी बढाएको उनले खुलाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)