सातै प्रदेशमा भेला गरिने, एमाले पुनर्गठन कार्यदलको सदस्य सचिवमा पोखरेल,
barnanmedia.com · Tue Jun 09 11:06:56 GMT 2026

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव सङ्कलन गर्ने भएको छ।
मंगलबार बसेको कार्यदलको बैठकले सुझाव संकलनका लागि देशव्यापी भेला गर्ने निर्णय गरेको हो। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ गतेसम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)