विपद् व्यवस्थापनमा नेपाललाई विदेशी प्राविधिकको साथ:भारत,चीन र कोरियाको टोली परिचालित
annapurnapost.com · Tue Sep 01 10:21:25 GMT 2026

काठमाडौं : परराष्ट्र मन्त्रालयले विपद् व्यवस्थापनमा विभिन्न मित्रराष्ट्रबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खोज तथा टनेल उद्धारका साथै डीएनए पहिचानका क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जानकारी दिए।
उनका अनुसार भारतका २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ भने चीनबाट आएका ९ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली ३ ’ए’ आयोजना क्षेत्रमा परिचालन भएका छन् । त्यस्तै कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको प्रवक्त पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)