सुधन गुरुङ र महावीर पुनले लिए शपथ
arthasansar.com

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।
सुधन गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा थिए। सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई निर्दोष ठहर गरेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)