रसुवा र नुवाकोटका बाढीपीडितलाई एनआरएनएको ५ करोड सहयोग
ratopati.com · Thu Aug 27 17:51:44 GMT 2026

काठमाडौँ । रसुवा र नुवाकोटमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ । घोषित कुल रकममध्ये १ करोड रुपैयाँ बराबरको राहत सामग्री संघको नेतृत्वले प्रभावित क्षेत्रमै पुगेर वितरण गरिसकेको छ भने बाँकी ४ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।
बाढी र पहिरोपछि उत्पन्न सङ्कटपूर्ण अवस्थामा एनआरएनएका अध्यक्ष डा। हेमराज शर्मासहितका पदाधिकारीहरू स्वयं प्रभावित क्षेत्रमा पुगेर करिब १०० पीडित परिवारलाई प्रत्यक्ष भेट गरी राहत सामग्री हस्तान्तरण गरेका छन् । भौगोलिक रूपमा विकट र पहुँच पुग्न कठिन भएका क्षेत्रहरूमा भने नेपाली सेना र नेपाल प्रहरीको समन्वयमा राहत पुर्याउने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)