रसुवा बाढी : त्रिभुवन त्रिशूली मावि भारतले फेरि बनाइदिने
onlinekhabar.com · Tue Sep 01 10:51:37 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवाको बाढीले बगाएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारतले फेरि बनाइदिने भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग कुरा गर्दै विद्यालयको पुनर्निर्माण गरिदिने वाचा गरेका हुन् ।
गत हप्ता आएको आकस्मिक बाढीले नुवाकोटको विदुरस्थित त्रिशूली बजारमा रहेको उक्त विद्यालयको भवन पूर्णरूपमा बगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)