महँगी पाँच प्रतिशत नाघ्यो, फलफूल र घ्यू–तेलको मूल्य बढ्यो
baahrakhari.com · Tue Jun 09 11:43:25 GMT 2026

काठमाडौं । नेपालमा उपभोक्ता महँगीको दर बढेर पाँच प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो दर २.७७ प्रतिशत थियो ।
फलफूल, घ्यू तथा तेल, तरकारी र मासुजन्य वस्तुको मूल्य बढ्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत पुगेको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)