खुला पिकलबल प्रतियोगतामा सुवर्ण च्याम्पियन
baahrakhari.com · Tue Sep 01 10:51:28 GMT 2026
काठमाडौं । सुवर्ण शाह हार्दिक फिटनेस २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुला पिकलबल प्रतियोगतामा पुरुष एकल र डबल्सतर्फ च्याम्पियन भएका छन् ।
पुल्चोकमा मंगलबार भएको फाइनलमा सुवर्णले उपाधिका लागि प्रनव खनाललाई ११–४ र ११–१ ले पराजित गरे । यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले हराएर उपाधि जित्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)