हिमचट्टान भत्किने जोखिम छ अझै छः चिनियाँ जलस्रोत मन्त्रालय
rajdhanidaily.com · Tue Sep 01 10:59:40 GMT 2026

काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल ’round रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले सचेत गराएको छ ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । सीसीटीभीका अनुसार, दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)