६४ हजार घुससहित इन्जिनियर दीपा कार्की र बिचौलिया नियन्त्रणमा
ratopati.com · Tue Sep 01 11:00:12 GMT 2026

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत सातौँ तहकी इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिका खेल्ने आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
भवन निर्माण तथा वस्ती विकास शाखाकी प्रमुख इन्जिनियर कार्कीले 'स्ट्रक्चर एनालाइसिस'को काम स्वीकृत गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई समातेको हो। आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले बिचौलिया आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको थली, डाँछीबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)