बाढी पीडितलाई एक महिनाको तलब दिने सभामुख डीपी अर्यालको घोषणा
annapurnapost.com · Tue Sep 01 10:56:13 GMT 2026

काठमाडौं : सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार,राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका छन्।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार,राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउनु सबैको साझा दायित्व भएकाले सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)