पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)
khabarhub.com · Tue Sep 01 11:10:13 GMT 2026

पोखरा – बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।
धादिङ, तनहुँ, गोरखा, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २ मध्ये ७६ वटा शव मंगलबार व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको छ । ती शव पोखरा–१६ स्थित सेती नहर छेउको वनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)