नहर क्षेत्रको अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
nepalnews.com · Tue Jun 09 12:00:45 GMT 2026

महेन्द्रनगर। महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल नहरको सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन सातदिने अल्टिमेटम दिइएको छ।
मंगलबार महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले एक सूचना जारी गरी महाकाली सिँचाइको मूल नहर तथा शाखा नहरहरूको सीमाभित्र स्वीकृतिबिना स्थायी र अस्थायी घरटहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, नहर पुरेर बाटो बनाउने, नहर संरचना भत्काउने, ढल तथा पानी नहरमा मिसाउने तथा नहरको पानीलाई अवरोध पुर्याउने कार्य गरेको पाइएकाले सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)