जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीईओ
clickmandu.com · Mon Aug 17 02:24:16 GMT 2026

काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले रिक्त रहेको उक्त व्यवस्थापकीय पदमा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट सोमबार आवेदन माग गरेको हो ।
सूचना अनुसार, यस पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । यदि स्नातक तह मात्र उत्तीर्ण गरेको भए बैंक तथा वित्तीय संस्था वा सामुदायिक लघुवित्त क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनुपर्ने र सोमध्ये कम्तीमा दुई वर्ष व्यवस्थापकीय श्रेणीमा काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)