उद्धार र राहतको अनुगमन गर्न संसदीय विशेष समिति गठनको माग गर्ने एमालेको निर्णय
ratopati.com · Tue Sep 01 11:15:03 GMT 2026

काठमाडौँ । नेकपा एमालेले विपद्पछिको उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म निगरानी र सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले संसद बैठकमा संसदीय दलका नेताले सम्बोधन गर्ने र विशेष संसदीय समिति गठनको माग गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)