झारखण्ड विद्यार्थी आन्दोलन : विद्यार्थी नेता र सरकारबीच वार्ताको तयारी
nepallive.com · Mon Aug 17 03:35:22 GMT 2026

काठमाडौं– झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) का भर्ती परीक्षामा कथित अनियमितताको विरोधमा विद्यार्थी नेता देवेन्द्रनाथ महतोले थालेको भोक हडताल १५औँ दिनमा पुगेको छ। आन्दोलनरत विद्यार्थीहरूले शिक्षा प्रणालीमा स्थायी सुधारको माग गरेका छन्।
महतोले आइतबार सामाजिक सञ्जाल एक्समार्फत सरकारले सोमबार वार्ताका लागि बोलाएको जानकारी दिँदै वार्ताबाट सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गरेका छन्। उनले आगामी पुस्ताले आफूहरूले जस्तै पीडा, संघर्ष र कठिनाइ भोग्न नपर्ने गरी शिक्षा प्रणालीमा स्थायी सुधार गर्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)