रोड्री बार्सिलोना जाने लगभग पक्का ! सिटीले कसलाई भित्र्याउला ?
lokaantar.com
म्यानचेस्टर सिटीका मिडफिल्डर तथा स्पेनका कप्तान रोड्री करिब ६ करोड ५० लाख पाउन्डको सरुवा शुल्कमा स्पेनिस महारथी बार्सिलोनामा आबद्ध हुने सहमति भएको छ । ब्यालोन डी ओर विजेता ३० वर्षीय रोड्रीले स्पेनिस च्याम्पियन क्लब बार्सिलोनासँग चार वर्षको सम्झौता गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । यो बहुचर्चित सरुवा आगामी केही दिनभित्रै औपचारिक रूपमा पूरा हुने अपेक्षा गरिएको समाचारमा उल्लेख छ ।
सन् २०१९ मा एथ्लेटिको मड्रिडबाट त्यतिबेलाको क्लब कीर्तिमान ६ करोड २८ लाख पाउन्डमा म्यानचेस्टर सिटीमा भित्रिएका रोड्रीले सातवटा उत्कृष्ट ट्रफीसहित सिजनमा कुल २९८ खेल खेलेका छन्। सन् २०२४-२५ को सिजनको अधिकांश समय गम्भीर घुँडाको चोटका कारण गुमाएका रोड्रीको गत सिजनको केही समय पनि ह्यामस्ट्रिङको समस्याले प्रभावित बनेको थियो। तर, यसै वर्ष सम्पन्न विश्वकपमा उनी उत्कृष्ट फर्ममा फर्किंदै स्पेनलाई दोस्रो पटक उपाधि दिलाउन सफल भए र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)