बंगलादेशी प्रधानमन्त्रीको भारत भ्रमण अझै अनिश्चित
kendrabindu.com · Mon Aug 17 05:02:19 GMT 2026

ढाका । बंगलादेशका एक उच्च अधिकारीले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगरेसम्म प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण अझै अनिश्चित रहेको बताएका छन्।
बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता शाहिदुल करिमले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री रहमानको भारत भ्रमणका लागि अनुकूल वातावरण अझै नबनेको बताए। ‘माननीय प्रधानमन्त्री श्री तारिक रहमानको भारत भ्रमणको सम्भावनाका बारेमा छलफल गर्न बंगलादेश र भारतका अधिकारीहरू पछिल्ला केही सातादेखि सम्पर्कमा थिए,’ करिमले भने, ‘तर, मानवताविरुद्धका अपराध गरेको आरोपमा दोषी ठहर भएकी शेख हसिनाले नयाँदिल्लीमा सञ्चारमाध्यमसँग अन्तरक्रिया गरेपछि यो प्रक्रिया प्रभावित भएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)