बेलायत सरकार तथा विश्व बैंकको सहयोगमा नेपालमा हरित हाइड्रोजन पाइलट परियोजनाको शुभारम्भ
kalakarmi.com · Tue Jun 09 12:24:30 GMT 2026

प्यूठान- बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्यूठानको दरिमचौरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजनाको औपचारिक उद्घाटन गरेको छ। यो परियोजना नेपालको स्वच्छ ऊर्जा भविष्यका लागि हरित हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उक्त परियोजना बीपीसीद्वारा सञ्चालित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापना गरिएको हो। नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन (इलेक्ट्रोलाइसिस) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्ने यो परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) मार्फत प्राप्त आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)