रोनाल्डोको व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन्। सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने उनले बताएका छन्।
फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको र भविष्यमा गर्ने कामका बारेमा समेत योजना बनाइसकेको रोनाल्डोले बताएका छन्। २५ वर्षभन्दा लामो फुटबल करियरमा निरन्तरको मेहनत र त्यागपछि खेल जीवनबाट बाहिरिँदा ठूलो खालीपन महसुस हुन सक्ने उल्लेख गर्दै उनले उक्त समयलाई विभिन्न गतिविधिमार्फत पूरा गर्ने योजना रहेको बताएका छन्। भविष्यमा धेरै यात्रा गर्ने, प्याडेल खेल्ने तथा हेर्ने र आफ्नो करियरका उपलब्धिको आनन्द लिने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)