आईपीएल क्रिकेटमा मुम्बईमाथि लखनउको रोमाञ्चक जित
onlinekhabar.com · Fri Apr 04 18:06:11 GMT 2025
२२ चैत, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको हाइ स्कोरिङ रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित निकालेको हो ।
लखनउले दिएको २०४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्र बनायो । सुर्यकुमार यादवले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ४३ बलमा ६७ रन बनाए । हार्दिक पान्ड्या २८ रनमा अविजित रहे भने तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)