बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन
ratopati.com · Thu Aug 27 18:02:02 GMT 2026

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि बर्दियाका ९० जना सम्पर्कविहीन भएका छन् । त्यहाँस्थित जलविद्युत् आयोजना, कन्स्ट्रक्सन कम्पनीलगायतमा कार्यरत रहेका उनीहरू सम्पर्कविहीन भएका हुन् ।
बाढीबाट सम्पर्कविहीन हुनेहरूमा गुलरिया नगरपालिकाका दुई, बाँसगढी नगरपालिकाका १८, राजापुर नगरपालिकाका १६, बारबर्दिया नगरपालिकाका २५, ठाकुरबाबा नगरपालिकाका १३, मधुवन नगरपालिकाका एक, गेरुवा गाउँपालिकाका १४ तथा एक जना पालिका नखुलेका व्यक्ति बाढीपछि सम्पर्कविहीन भएका बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)