रवि लामिछानेलाई ठूलो राहतः पर्सा जिल्ला अदालतद्वारा ‘संगठित अपराध’ को अभियोग हटाउने आदेश
nepalviews.com · Tue Jun 09 13:16:39 GMT 2026

वीरगन्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउने निर्णय गरेको छ। वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै अदालतले संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति प्रदान गर्दै उक्त आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)