एमबाप्पेको कीर्तिमानसँगै स्वीडेनमाथि फ्रान्सको सानदार जित
setopati.com · Tue Jun 30 23:24:00 GMT 2026
अमेरिकाको न्यु जर्सीको अत्यधिक गर्मीका बीच भएको विश्वकप २०२६ को अन्तिम ३२को खेलमा किलिएन एमबाप्पेको ऐतिहासिक प्रदर्शनको मद्दतले फ्रान्सले स्वीडेनलाई ३-० ले सहजै पराजित गरेको छ। यो जितसँगै फ्रान्सले अब अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा पराग्वेसँगको भेट पक्का गरेको छ।
यस खेलमा दुई गोल गरेसँगै एमबाप्पे विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले नकआउट चरणमा मात्रै १० गोल पुर्याएका छन्। साथै, यस विश्वकपको 'गोल्डेन बुट' को दौडमा उनी अर्जेन्टिनाका लियोनेल मेसीसँगै ६ गोलसहित शीर्ष स्थानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)