रसुवामा सेनाको साहसः टनेलमा फसेका ३५० सहित ८८३ जनाको सफल उद्धार
clickmandu.com · Thu Aug 27 18:09:05 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीका कारण जोखिममा परेका ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। उद्धार गरिएकाहरूमध्ये ३५० जना अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र फसेका मजदुर तथा स्थानीय बासिन्दा रहेका छन्।
भोटेकोशीको बाढीका कारण हिजोदेखि हाइड्रोपावरको टनेलमा मानिसहरू थुनिएका थिए। नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा खटिएको १/३ को सैन्य टोलीले उक्त टनेलबाट ३५० जनाको उद्धार गरेको हो। सेनाका अनुसार सोही टनेलमा बाँकी रहेका अन्य १०० जनाभन्दा बढी व्यक्तिको उद्धार कार्य अहिले पनि जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)