'मेरो दबाबपछि सरकारले सुकुम्बासीलाई लालपूर्जा दिन थालेको हो' : हर्क साम्पाङ
barnanmedia.com · Tue Jun 30 23:51:37 GMT 2026

काठमाडौँ — राष्ट्रिय भूमि आयोगले देशका विभिन्न स्थानमा भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया तीव्र पारिरहेका बेला यसको श्रेय (Credit) लिने राजनीतिक होडबाजी सुरु भएको छ। यसै क्रममा माननीय सांसद हर्क साम्पाङले सरकारले लालपूर्जा बाँड्न सुरु गर्नुमा आफ्नो मुख्य भूमिका र दबाब रहेको दाबी गर्नुभएको छ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै सांसद साम्पाङले भन्नुभएको छ, "लामो समयदेखि ओझेलमा परेको सुकुम्बासी र अव्यवस्थित बसोबासीको मुद्दालाई मैले संसद र सडक दुवै ठाउँबाट निरन्तर जोडदार रूपमा उठाउँदै आएको छु। मेरो यही चौतर्फी दबाब र खबरदारीपछि मात्रै सरकारले अहिले आएर सुकुम्बासीलाई लालपूर्जा दिन थालेको हो।" उहाँको यो वक्तव्यले सरकारको नियमित कामलाई आफ्नो आन्दोलनको सफलताका रूपमा प्रस्तुत गर्दै जस लिन खोजेको स्पष्ट देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)