राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा
rajdhanidaily.com · Tue Jun 09 14:09:23 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्ड छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। उनले यसअघि भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन् ।
मंगलबार (आज) पद बहालीपछि आयोजित कार्यक्रममा उनले २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड’bout विगतमा तयार गरिएका अध्ययन तथा अनुसन्धान प्रतिवेदनहरूको पुनरावलोकन गर्दै आवश्यक थप छानबिनको प्रक्रिया अगाडि बढाइने जानकारी दिए। गृहमन्त्री गुरुङका अनुसार घटनासम्बन्धी उपलब्ध प्रतिवेदन र अध्ययन सामग्रीको समीक्षा गरी आवश्यक देखिएमा थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)