वीरगंजका न्यायाधीश सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते
kendrabindu.com · Tue Aug 18 03:24:06 GMT 2026

हेटौँडा । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो । आज बिहान भएको दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका हुन् । ४ पुरुष र २ महिला सवार स्कारपिओ भिरमा खस्दा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)