मर्यादा मिच् नु भयो भनेका सभामुखलाई आशिकाको प्रश्न
barnanmedia.com · Tue Aug 18 04:11:23 GMT 2026

उनले मंगलबार सामाजिक सन्जालमा लेखेकी छिन् : सभामुख ज्यु भन्नुहुन्छ "मर्यादा"मा बस्नुस्, 37 दिन सम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन र ? पीडितको श्रीमती र बुवा लिएर कहिले मन्त्रालय,कहिले प्रधानमन्त्रीको सचिवालय को , कहिले काउन्सलर कहाँ चाहिँ पुगिन म त्यो 37 दिनभित्र ?? "मर्यादा " भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन !
हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियम आपत्ति गर्ने पनि मै थिए भने आज जनता को मुद्दा को उपर काम ढिला सुस्ती हुँदा सदन मा सभामुख ज्यु मार्फत जबाफ मात्र त खोजेको हु ! सरकार भनेको जनताको हरेक मुद्दाको जवाफदेहिता हुनु पर्छ !
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)