बाढी प्रभावितका लागि एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा
ratopati.com · Tue Sep 01 13:45:30 GMT 2026

काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि सरकारले एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा मङ्गलबार बसेको कोष सञ्चालन समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रहेको रकममध्ये रु. १ अर्ब विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)