ऋषि धमलाको निरन्तर पहलपछि लघुवित्त पीडितसँग वार्ता गर्ने तयारीमा सरकार
reportersnepal.com · Tue Aug 18 05:16:40 GMT 2026

काठमाडौं, भदौ २ । सहकारी तथा लघुवित्त पीडितसँग सरकारले आज वार्ता गर्ने भएको छ। पीडितका माग सम्बोधनका लागि वार्ताको वातावरण बनाउन स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋषि धमलाले निरन्तर पहल गरेपछि सरकारले वार्ताका लागि समिति गठन गरेको हो।
राष्ट्रिय मानवअधिकार आयोगअगाडि धर्नामा बसेका सहकारी, लघुवित्त तथा मिटरब्याज पीडितहरूसँग ऐक्यबद्धता जनाउँदै धमला केही दिनअघि धर्नास्थलमै पुगेका थिए। त्यसयता पीडितका समस्या समाधानका लागि उनले सरकारका सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)