कांग्रेस सांसदको प्रश्न - मन्त्रीका लागि हेलिकोप्टर,बिरामीले सिटामोल पनि नपाउने, यो कस्तो सुशासन ?
annapurnapost.com · Tue Aug 18 05:57:02 GMT 2026

काठमाडौं : नेपाली कांग्रेस सांसद बासना थापाले सरकारले जनतालाई आधारभूत राहतसमेत दिन नसकेको भन्दै सरकारको सुशासनमाथि प्रश्न उठाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले जनताले राहत र सिटामोलसमेत नपाउने तथा सुत्केरीले समयमा अस्पताल पुग्न नसक्ने अवस्था रहेको बताइन्।
‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर हेलिकोप्टरबाट काठमाडौं ल्याइन्छ,’उनले भनिन्, ‘मन्त्रीलाई काठमाडौं ल्याउन लाखौँ खर्च गर्न सक्ने सरकारले तीन लाख खर्च गरेर जनतालाई राहत दिन सक्दैन?’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)