लोकन्थलीमा सिक्री लुटपाटको आतंक, लुटेरा र सुन किन्नेसहित ४ जना समातिए
nepalpress.com · Tue Aug 18 06:06:39 GMT 2026

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका–२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देवेन्द्र थापा मगर रहेका छन्। उनीहरू सुनको सिक्री लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)