प्रतिनिधि सभाको शून्य समय: वैदेशिक रोजगारका विकृतिदेखि स्वास्थ्य बेथितिसम्मका मुद्दामा सरकारको ध्यानाकर्षण
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासनजस्ता जनसरोकारका विविध विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै सांसद बलावती शर्माले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याप्रति गहिरो चिन्ता व्यक्त गर्दै दैनिक रूपमा नेपालीहरूको शव स्वदेश भित्रिने क्रम नरोकिएको र वैदेशिक रोजगार विभागमा करिब ४६ हजार ठगीका उजुरीहरू अलपत्र परेको बताइन्। उनले मुलुकी ऐन र वैदेशिक रोजगार ऐनमा तत्काल संशोधन गरी ठगी अनुसन्धान गर्ने अधिकार जिल्ला प्रशासन वा प्रहरीलाई दिनुपर्ने तथा अदक्ष नभई सीपयुक्त जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने सुझाव दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)