बर्खामा हिलो, हिउँदमा धुलोः दमक–चिसोपानी सडक
barnanmedia.com · Tue Aug 18 06:17:13 GMT 2026

झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन । झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ ।
झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन । जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म साढे छ किलोमिटरबाहेक बाँकी सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोग्नुपरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)