नेपाली कांग्रेस : अन्तरसंघर्ष र पुनर्जागरण
nagariknews.nagariknetwork.com · Tue Aug 18 06:46:21 GMT 2026

नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन, लामो लोकतान्त्रिक आन्दोलनको संस्थागत अभिव्यक्ति पनि हो। २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसले राणा शासनविरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलन, २०६२/६३ को लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान सभाबाट नेपालको संविधान–२०७२ निर्माणसम्म नेपालको राजनीतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ।
आज पनि कांग्रेसको आधिकारिक राजनीतिक परिचय राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आधारित छ। तर इतिहासको गौरवले मात्र वर्तमानका चुनौती समाधान गर्न सक्दैन। नेपाली कांग्रेस अहिले बाह्य राजनीतिक चुनौती, नवयुवा पुस्ताको बदलिँदो अपेक्षा र पार्टीभित्र तीव्र बन्दै गएको नेतृत्व तथा संगठनात्मक अन्तरसंघर्षका कारण एउटा महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ। त्यसैले आज कांग्रेसको प्रश्न केवल सत्ता, शक्ति र संघर्षको विषयमा सीमित छैन। यो विचार, विमर्श, संगठनात्मक पुनर्संरचना र २१औँ शताब्दीको समाज रूपान्तरणका लागि स्पष्ट कार्यदिशासँग पनि जोडिएको छ। कांग्रेसको रूपान्तरण अब सामाजिक उत्तरदायित्व बहन गर्ने र जनताको जीवनसँग प्रत्यक्ष जोडिने दिशामा उन्मुख हुन आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)