बालेन सरकारविरुद्ध नेविसंघको प्रदर्शन [तस्बिरहरू]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र क्याम्पसमा मंगलबार विरोध प्रदर्शन गरेको हो । सहभागीले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’, ‘ग्यासको समस्या समाधान गर्’, ‘विद्यार्थीको समस्या समाधान गर्’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)