सभामुखको रुलिङपछि हर्कको विश्वास- प्रधानमन्त्रीले जनताका प्रश्नको जवाफ दिनुहुनेछ
nepalpress.com · Tue Aug 18 07:05:21 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद् जनताप्रति जवाफदेही बन्नुपर्ने बताए।
उनले भने, ‘अब हामीले संसद्मा बोल्छौँ, सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। हिजो खुसी लाग्यो सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ। आशा गर्छु हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो प्रश्नको हाम्रो भन्नाले हाम्रो पर्सनल केही छैन, जनताको प्रश्नको उत्तर उहाँले दफावार दिनुहुनेछ। प्रश्नको उत्तर उहाँले दिनैपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)