दमक-चिसोपानी सडक : बर्खामा हिलो, हिउँदमा धुलो
onlinekhabar.com · Tue Aug 18 07:04:41 GMT 2026

२ भदौ, इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन। झापा, इलाम र पाँचथरलाई जोड्ने महत्वपूर्ण पहुँच मार्गको रुपमा २०४९ सालमा निर्माण थालिएको सडक अझै अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ।
झापाको दमकस्थित जिरो प्वाइन्टदेखि पाँचथरको चिसोपानी पञ्चमीसम्म ३३ किलोमिटर सडकमध्ये करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ । एक किलोमिटर कालोपत्रको चरणमा छ भने करिब २६ किलोमिटरको यात्रा अझै सहज छैन। जिरो प्वाइन्टदेखि माङसेबुङ गाउँपालिका–४ मार्चेबुङसम्म साढे छ किलोमिटरबाहेक बाँकी सडकमा स्थानीयले हिलो, धुलो र जोखिमपूर्ण यात्राको समस्या भोग्नुपरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)