‘आवारा’ र ‘किर्ना’ को भाष्य : जबजको मर्ममाथि प्रहार
ratopati.com · Tue Aug 18 07:15:00 GMT 2026

नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक, सांगठनिक र राजनीतिक प्रतिनिधि हो। यसको इतिहास संस्थागत राजनीतिको गौरव र पर्याय हो; यो कुनै एक व्यक्तिको निजी राजनीतिक यात्राको इतिहास होइन।
यो पुष्पलालको वैचारिक संघर्ष, मदन भण्डारीको जनपक्षीय राजनीतिक चिन्तन, जनताको बहुदलीय जनवाद (जबज) को विकास, हजारौँ नेता–कार्यकर्ताको त्याग, बलिदान, भूमिगत संघर्ष, जेलजीवन, जनसंगठन निर्माण, जनआन्दोलनको सफल सञ्चालन र जनताको निरन्तर समर्थनबाट निर्मित सामूहिक राजनीतिक विरासत हो। एमाले कुनै एक व्यक्तिको योगदानको उपज होइन, यो पुस्तौँपुस्ताको सामूहिक संघर्ष र राजनीतिक चेतनाको परिणाम हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)