लक्ष्मी सनराइज बैंकले बाँडफाँट गर्यो ३ अर्बको ऋणपत्र, ब्याजदर वार्षिक ७ प्रतिशत
aarthiknews.com

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले साउन १४ गतेदेखि २० गतेसम्म निष्कासन गरेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ भदौ १ गते बाँडफाँट गरेको हो ।
बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ७ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्रमार्फत बैंकले ३ अर्ब रुपैयाँ जुटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)