पार्वतीकुण्ड : जनैपूर्णिमा मेलाको तयारी पूरा
annapurnapost.com · Tue Aug 18 07:06:14 GMT 2026

रसुवा : वर्षेनी जनैपूर्णिमाका दिन पार्वतीकुण्डमा लाग्ने मेलाको तयारी पूरा भएको छ। अहिले गाउँगाउँबाट यात्रीहरू नाचगान गर्दै कुण्ड क्षेत्रमा आउन थालेका छन्।
गोसाइँकुण्डपछिको दोस्रो धार्मिक महत्त्व बोकेको स्थलका रूपमा पार्वतीकुण्डलाई मानिन्छ। पार्वतीकुण्डको स्थानीय तामाङ भाषामा आमा भनेको पार्वती र छोदिङ्मो भनेको कुण्ड बुझिन्छ । राजधानी काठमाडौंबाट एकैदिनमा पुग्न सकिने प्राकृतिले भरिपूर्ण यो ठाउँ पुग्नेहरू जो कोहीले पनि आनन्दको महसुस गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)