सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बनेको हर्कराज राईको आरोप [भिडियो]
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न पूर्ण रूपमा असफल भएको भन्दै आलोचना गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाए। उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न नसकेको टिप्पणी गर्दै सीमा रक्षा, शान्ति सुरक्षा, मल तथा खाद्यान्न आपूर्ति, रोजगारी सिर्जना र महँगी नियन्त्रणजस्ता आधारभूत विषयमा सरकार असफल रहेको दाबी गरे। साथै, प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जनताका प्रश्नहरूको दफावार उत्तर दिनुपर्ने माग पनि उनले राखे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)