टोखा–छहरेमा राति सवारी नचलाउन जिल्ला प्रशासनकाे निर्देशन
annapurnapost.com · Tue Aug 18 07:28:18 GMT 2026

नुवाकोट : नुवाकोटको टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। वर्षा यामकाे समयमा पहिरो गएर सडक जोखिमपूर्ण हुनुका साथै दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले राति सडक बन्द गराएको हो।
नुवाकोटबाट काठमाडौं प्रवेशका लागि छोटो दूरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडक खण्डमा यही भदौ १ गते सोमबारदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ। उनका अनुसार उक्त सडकमार्ग अन्तर्गत टोखा–छहरे सडक खण्डमा रातिको समयमा आवागमन बन्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)