स्वास्थ्य बीमा के गरेर हो, कसरी हो सञ्चालनमा ल्याइदिनुपर्यो नागरिकहरु बिचल्लीमै परिसकेः सांसद न्यौपाने
emountaintv.com · Tue Aug 18 07:38:53 GMT 2026
काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह क्षेत्रमा निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रको विरोध गर्दै जनस्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रसूति गृहको पछाडि बाटो नै ढाकेर फोहोर प्रशोधन केन्द्र निर्माण भइरहेकोमा आपत्ति जनाउनुभएको हो । उचित सूचना र पारदर्शी प्रक्रिया बिना नै निर्माण कार्य अघि बढाइएको उल्लेख गर्दै उहाँले संवेदनशील स्वास्थ्य संस्था नजिक यस्तो केन्द्र बनाउँदा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)